सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान मेग लनिङले व्यक्तिगत कारण देखाउँदै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिएकी छन् । बिबीसीका अनुसार ३० वर्षीया लनिङले केही वर्षको व्यस्त तालिकाबाट आफूलाई समय दिन क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएकी हुन् ।

लनिङको कप्तानीमा अस्ट्रेलियाले दुई एकदिवसीय विश्वकप तथा चार टी–२० विश्वकपको उपाधि जितेको थियो । लनिङले कमनवेल्थ गेम्समा देशलाई स्वर्ण जिताएपछि क्रिकेटबाट अनिश्चितकाल टाढिने घोषणा गरेकी हुन् ।

यो निर्णयपछि उनले तत्काल ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने भएकी छन् । उनले ट्रेन्ट रकेट्सका लागि खेल्ने तय भएको थियो ।
तपाईको प्रतिक्रिया