Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ ।

आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ । धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन् । बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ । यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ  ।

गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो । जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो । मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो ।

तपाईको प्रतिक्रिया