Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले ३५ करोड १५ लाख ४८ हजार ६७५ (३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र यहाँस्थित जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे। द्विपक्षीय सहयोग सम्झौतामा भने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तानाका तोमोकोले हस्ताक्षर गरे।

जापान सरकारले मानव संसाधनको विकासमा चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रम अन्तर्गत २० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि कार्यक्रमका लागि छात्रवृत्ति पाउने छन् । विश्वविद्यालयको खर्च, आवास खर्च, बीमालगायतमा खर्च गर्ने गरी सहयोग उपलब्ध भएको हो ।

स्नातकोत्तर कार्यक्रम दुई वर्षको र विद्यावारिधि तीन वर्षको हुनेछ । कर्मचारीले पाउने उक्त छात्रवृत्तिले प्रभावकारी रुपमा नागरिकको सेवा गर्ने भावनाको विकास गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया