Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – आजकलको जमानामा ल्यापटप र स्मार्टफोन सामान्य भइसकेको छ । समय बिताउन, कुराकानी गर्न र मनोरञ्जन लिन मात्रै होइन, कार्यालय प्रयोजनका लागि पनि यी उपकरणको प्रयोग बढ्दो छ ।

तपाईंले हजारौं रुपैयाँ खर्चेर किनेकाले यस्ता उपकरणको सुरक्षा र स्याहारमा विशेष ध्यान दिनुपर्छ । हामीले स्मार्टफोनको ब्याट्री चार्ज गर्ने र टिकाउने विषयमा यसअघि लेख लेखेका थियौं ।

तर, धेरै मानिसहरु ल्यापटपको ब्याट्री जोगाउन र ओभरचार्ज गर्दा बेफाइदा हुन्छ कि हुँदैन भन्ने विषयमा जानकार नहुन सक्छन् । यसकारण हामीले आज यो विषयमा केही जानकारी तयार पारेका छौं :

सामान्यतया ल्यापटपकाे ब्याट्री लामोसमयसम्म चार्ज गर्दा कुनै खतरा हुँदैन । ब्याट्रीको चार्ज १०० प्रतिशत हुने बित्तिकै चार्ज बन्द हुन्छ र भोल्टेज निश्चित स्तरभन्दा तल नआउँदासम्म चार्जिङ सुरु हुँदैन ।

अर्काेतिर तपाईंले लामो समयसम्म चार्ज शुन्य बनाई ल्यापटप राख्नुभयाे भने त्याे घातक हुनेछ । यसले पहिलाे असर त ब्याट्रीको आयू घटाउँछ भने अर्काेतिर पछि चार्जिङ नहुने समस्या देखापर्छ । उसो भए के तपाईंले हरसमय ल्यापटप चार्जमै राख्दा कुनै समस्या छैन त ? त्याे पनि हाेइन ।

आजकलका अधिकांश ल्यापटपमा लिथियम आयन ब्याट्री हुन्छ । यस्ताे ब्याट्रीको कुरा गर्दा यो अस्थिर प्रकृतिको हुन्छ । सजिलोगरी भन्दा यस्तो ब्याट्रीमा सुरु सुरुमा राम्रो क्षमता हुन्छ । तर विस्तारै क्षमता गुमाउँदै जान्छ । ब्याट्रीको क्षमता गुम्नुमा धेरै कारणहरु हुन सक्छन् ।

यसमा चार्ज/डिस्चार्ज साइकल, भोल्टेज लेभल, उच्च तापक्रम लगायतका विषयले ब्याट्रीको आयू निर्धारण गर्दछ । ब्याट्री युनिभर्सिटीको एक अध्ययनका अनुसार भोल्टेज लेभल र उच्च तापक्रमले ब्याट्रीको आयू छोटो बनाउँछ ।

जहाँसम्म ब्याट्री ओभरचार्जको कुरा छ, ल्यापटपमा प्रयाेग हुने ‘लिथियम-आयन’ ब्याट्रीमा कन्ट्रोलर चिप हुन्छ, जसले ओभरचार्जिङ हुन दिँदैन । यसले ब्याट्री फुल चार्ज हुनेबित्तिकै पावर सप्लाइ हुन दिँदैन । यसकारण लामाे समयसम्म चार्ज गरेर ल्यापटप चलाउँदा कुनै हानी हुँदैन ।

त्यसाे भन्दैमा ढुक्कले ल्यापटप चार्जिङमा छाेड्ने बानी राम्राे हाेइन । बाहिरी तापक्रम उच्च हुँदा ( ४० डिग्रीकाे हारहारीमा), ल्यापटपकाे कुलिङ फ्यान बिग्रँदा पनि ब्याट्रीमा असर पर्छ र ताताे हुन थाल्छ । ब्याट्री ताताे भएकाे अवस्थामा चार्जिङ गर्नु निकै घातक हुन सक्छ र पड्कन समेत सक्छ ।

यसकारण लिथियम ब्याट्री चार्ज गर्दा ताताे बढी भएकाे ठाउँमा ल्यापटप नराख्न सुरक्षा विज्ञले सुझाव दिन्छन् । तर सुझाव विपरित यस्ताे काम गरिरहनु भयाे भने ब्याट्रीकाे स्वास्थ्यमा असर पर्ने र चार्जसमेत राम्ररी नहुन सक्छ ।

धेरै ताताे भएकाे अवस्थामा ब्याट्री निकाल्नु उत्तम हुन्छ । हामी सबैले लिथियम ब्याट्रीकाे दुश्भन भनेकै ओभरहिट हो भन्ने बुझ्नुपर्छ । यसकारण निश्चित गर्नुहोस् कि तपाईंको ल्यापटप धेरै तातो छैन र तपाईंको कुलिङ फ्यानले ठीकसँग काम गरिरहेको छ ।

अर्काेतिर शतप्रतिशत चार्जमा ब्याट्री लाइफ पनि शतप्रतिशत नै हुन्छ भन्ने साेच राख्नुभएकाे छ भने त्याे गलत नै हुन जान्छ । अध्ययन अनुसार लिथियम-आयन ब्याट्रीले प्रति सेल ४.२० भोल्टमा चार्ज गर्दछ, जुन यसको क्षमताको १०० प्रतिशत हो ।

यस स्तरमा, ब्याट्रीमा ३०० देखि ५०० डिस्चार्ज साइकलकाे आयू हुन्छ । तर ७० देखि ८० प्रतिशत ब्याट्री चार्ज भएको अवस्थामा १००० देखि २००० रिचार्ज साइकल प्राप्त हुन्छ, जसले ब्याट्रीकाे लाइफ बढाउन सघाउँछ ।

तपाईको प्रतिक्रिया