Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबाट पाँच वटासम्म प्रोफाइल बनाउन सकिने फिचरको परीक्षण गरेको छ ।

यसपछि इन्स्टाग्राममा जस्तै अब फेसबुक प्रयोगकर्ताले पनि फरक-फरक नामको प्रोफाइल बनाउन मिल्नेछ । यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो एउटै ईमेल आईडी प्रयोग गरेर पाँच वटा फरक-फरक प्रोफाइल बनाउन सक्नेछन् ।

प्रयोगकर्ताका फरक-फरक रुचि र आवश्यकताका लागि एउटा व्यक्तिको फरक-फरक फेसबुक प्रोफाइलको प्रभावकारिता बुझ्न यो फिचर ल्याउन लागेकाे कम्पनीले जनाएको छ । परीक्षण सफल भएमा फेसबुकले आफ्नै धेरै नियमहरुमा परिवर्तन गर्नुपर्ने हुन्छ । तीमध्ये सबैभन्दा पहिलो हो प्रयोगकर्ताले वास्तविक नाम राख्नुपर्ने नियम ।

एउटै फेसबुक अकाउन्टबाट पाँच फरक-फरक प्रोफाइल बनाउँदा नाम कसरी राख्न पाउने, व्यक्तिगत विवरणहरू कसरी व्यवस्थापन गर्ने लगायतका कुराहरूमा पनि कम्पनीले काम गर्नुपर्ने हुन्छ ।

अहिले नै कम्पनीले पाँच वटा प्रोफाइल व्यवस्थापनको विषयमा भने केही जानकारी बाहिर ल्याएको छैन । सर्वसाधारणका लागि यो फिचर कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी दिइसकेको छैन ।

तपाईको प्रतिक्रिया