शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । सरकारी सञ्चारमाध्यम एनएचकेकाअनुसार आबेको निधन भएको हो ।

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनको शरीर रक्ताम्मे देखिएको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको हाे ।

गोली लागेर ढलेका आवेलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो । यही जुलाई १० तारिख हुने चुनावी प्रचार अभियानको सिलसिलामा उनी नारा पुगेका थिए । उनलाई घाँटीमा एक गोली र देब्रे छातीमा केही गोली लागेको थियो । आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गोली लागेपछि भुइँमा ढलेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको एनएचकेले जनाएको छ ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । ६७ वर्षीय आबे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ***

तपाईको प्रतिक्रिया