शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – न्यूजिल्यान्डले २०२२–२३ को क्यालेन्डर सार्वजनिक गरेको छ। टी–२० विश्वकपपछि भारतीय टोली सीमित ओभरको क्रिकेट सिरिज खेल्न न्यूजिल्यान्ड जानेछ। यसबाहेक न्यूजिल्यान्डको टोलीले माउन्ट मोन्गानुईमा इंग्ल्यान्डसँग डे–नाइट टेस्ट खेल्नेछ। श्रीलंका पनि न्यूजिल्यान्डमा दुई टेस्ट, तीन एकदिवसीय र तीन टी–२० खेल्न न्यूजिल्यान्ड पुग्ने छ। यसबाहेक न्यूजिल्यान्ड महिला टोलीले टी–२० विश्वकप अघि डिसेम्बरमा एकदिवसीय र टी–२० सिरिजका लागि बंगलादेश भ्रमण गर्ने छ।

अस्ट्रेलियामा हुने टी–२० विश्वकपको तयारीमा न्यूजिल्यान्डले बंगलादेश र पाकिस्तानसँग त्रिकोणात्मक सिरिज खेल्दैछ। प्रतियोगिता अक्टोबर ७ देखि १४ सम्म क्राइस्टचर्चमा हुनेछ। विश्वकपपछि भारतले नोभेम्बर १८–३० सम्म तीन टी–२० आई र तीन एकदिवसीय खेलको लागि न्यूजील्यान्ड भ्रमण गर्नेछ।

त्यसपछि न्युजिल्यान्डको पुरुष टोलीले डिसेम्बर र जनवरीमा पाकिस्तान तथा भारतको भ्रमण गर्नेछ। त्यहाँबाट फर्किएपछि न्यूजिल्यान्डले श्रीलंकासँग टी–२० सिरिज खेल्नेछ। टी–२० आई र एकदिवसीय सिरिज अप्रिलपछि खेलिनेछन्। यो इन्डियन प्रिमियर लिग (आईपीएल)को समयमा हुन सक्छ।

महिला टोलीले डिसेम्बरमा बंगलादेशसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ। त्यसपछि फेब्रुअरीमा टी–२० विश्वकपका लागि दक्षिण अफ्रिका जानेछ।इंग्ल्यान्डविरुद्ध न्यूजिल्यान्डको टेस्ट सिरिज १६ फेब्रुअरी २०२३ देखि बे ओभलमा हुनेछ। यो खेल डे–नाइट हुनेछ। यस अवधिमा कुल चार टेस्ट खेल हुनेछन्। इंग्ल्यान्डसँग दुई र श्रीलंकासँग दुई टेस्ट खेल्नेछ। श्रीलंकाविरुद्धको टेस्ट सिरिज मार्च ९ बाट हुनेछ।

तपाईको प्रतिक्रिया