शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ — नर्वेको राजधानी ओस्लोस्थित एक लोकप्रिय समलैंगिक बार लण्डन पब अगाडि एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् ।

लैंगिक अल्पसंख्यक समुदायले हरेक वर्ष महत्त्वका साथ मनाउने प्राइड परेड (गौरव यात्रा) सुरु हुनुअघि यस्तो घटना भएको हो । घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान १ बजे विभिन्न तीन स्थानमा अन्धाधुन्ध गोली प्रहार भएको थियो । प्रहरीका अनुसार समलिंगी बारसँगै राजधानी ओस्लोका अन्य दुई स्थानमा पनि गोली प्रहार भएको हो ।

नर्वेको प्रहरीले उक्त गोली काण्डलाई ‘आतंकवादी हमला’ को रूपमा अनुसन्धान गर्ने जनाएको छ । यससँगै शनिबारका लागि निर्धारित प्राइड परेड रद्ध गरिएका छन् ।

शनिबार उक्त घटनाबारे आयोजित पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ पर्ने व्यक्ति इरानी मूलका नर्वेजियन नागरिक रहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया