Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा स्यानिटरी प्याड, घिउ–तेल र एमएस वायरमा आधारित उद्योगीहरूको समस्या समाधान गर्न सहमत भएका छन् । शुक्रबार अर्थ मन्त्रालय पुगेका उद्योगीहरूसँगको भेटमा उनले संसद्बाट बजेट पारित भएको अर्को दिनदेखि नै उद्योगका समस्या समाधान गर्न गृहकार्य गर्ने आश्वासन दिएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा गरिएको परिवर्तित कर संरचनाले देशभित्र सञ्चालित वायर, घिउतेल र स्यानिटरी प्याड उद्योग पूर्ण रूपमा बन्द हुने अवस्था आएको भन्दै पूर्वका व्यवसायी आन्दोलनमै उत्रिएका थिए । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले स्वदेशी उद्योग बचाउन आग्रह गर्दै अर्थमन्त्री शर्मालाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, हुलास वायरकी सञ्चालिका युक्ति गोल्छालगायत उद्योगीहरूले बजेटको नयाँ कर संरचनाले तीन थरी उद्योग संकटमा पुगेको बताउँदै देशभित्रका उद्योग बचाउन अर्थमन्त्री शर्मालाई आग्रह गरे ।

अर्थमन्त्री शर्माले बजेट पारित भएको भोलिपल्टबाटै उद्योगीका समस्या सम्बोधन गर्न अगाडि बढ्ने आश्वासन दिएको वार्तामा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष प्याकुरेलले बताए । ‘अर्थमन्त्रीले हामीले उठाएका मागहरू जायज रहेको बताउँदै तीन प्रकारकै उद्योगको समस्या समाधान गर्ने भन्नुभएको छ,’ उनले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘बजेट बनाउने वेलामा आवश्यक ध्यान र अध्ययन नपुग्दा यस्तो भएको हो, हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्ने होइन ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया