बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौँ  चालु आर्थिक वर्षमा केही वस्तु र सेवाको मूल्यमा दोहोरो अंकमा मूल्यवृद्धि पाइएको छ । नेपाल राष्ट्र बैंकले मुद्रास्फिति औसत ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य राखेपनि मुद्रास्फिति उच्च हुँदै गएको छ । पछिल्लो तीन महिनामा (फागुनदेखि वैशाखसम्म) मूल्यवृद्धि ७.८७ प्रतिशत माथि रहेको छ ।

पछिल्लो समय आयातीत वस्तुको मूल्य अत्याधिक बढेको, रुस–युक्रेन युद्धले इन्धनको मूल्य वृद्धि भई ढुवानी भाडादेखि सम्पूर्ण वस्तुमा त्यसको प्रभाव परेको देखिएको छ । इन्धनको मूल्यवृद्धिले अर्थतन्त्रमा उत्पादन र आपूर्तिको लागत बढेको छ ।

दाल, गेडागूडी तथा घिउ र तेलको मूल्य अत्याधिक बढेको छ । घिऊ, तेलको मूल्य झन्डै २५ प्रतिशतले बढेको छ । त्यस्तै, दाल गेडागूडी र दूध तथा अन्डामा क्रमशः १०.५ र ११.३ प्रतिशतले मूल्य बढेको छ ।

फलफूलको मूल्य १२.६ प्रतिशतले बढेको छ । सेवातर्फ यातायात तथा ढुवानी भाडा अत्याधिक बढेको छ । इन्धनको मूल्यवृद्धिका कारण यातायात एवं ढुवानी भाडामा भन्डै २२ प्रतिशतको वृद्धि देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शिक्षाको शुल्क पनि ११.६४ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया