बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक र मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको छ । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकैपल्ट १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निणर्य गरेको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाट लागू हुनेछ ।

यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

कहाँको भाडा कति ?

तपाईको प्रतिक्रिया