Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकमसहित एक नेपाली र चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र चार जना चिनियाँ नागरिक रहेका छन् । उनीहरुलाई मंगलवार बिहान नियन्त्रणमा लिएको हो । ‘आज नियन्त्रणमा लिएका हौं। यसको थप अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई ल्याएको रकम फेला परेको हो।  पक्राउ परेका गुरुङ भने गाडीका चालक हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया