बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडाैं – नेप्सेमा लगातार गिरावट जारी रहेको छ । सोमबार नेप्से १२.९२ अंकको गिरावटपछि २०६५.७८ विन्दुमा पुगेको छ । बजेटपछि नेप्सेमा लगातार आइरहेको गिरावट रोकिएको छैन । नेप्से २१ सय विन्दुबाट पनि ओरालो लागेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.६८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६१ अंकले घटेको छ । त्यस्तै सोमबार २२८ कम्पनिको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब २७ करोड ३३ लाखको कारोबार भएको छ ।

आज उपकार लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी आज बलेफी हाइड्रोको शेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन बैंकको शेयर मुल्य ९.९९ प्रतिशतले घटेको छ भने माहुली लघुवित्तको मुल्य ७.६६ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा एशियन लाइफ इन्सुरेन्स कम्पनिको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ८ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया