Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – चीनले आइतबार तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधूरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तरिक्ष यात्रीहरुले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् । सेन्झोउ-१४ अन्तरिक्ष यान बोकेको लङ मार्च-२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गर्न लागेको चीनको मानव अन्तरिक्ष निकायका अधिकारीले बताएका छन् ।

मिसन कमाण्डर चेन दोङको साथमा लिउ याङ र काइ जुझे सेन्झाउ-१४ मा सवार हुनेछन् । ‘प्रक्षेपणको लागि सबै तयारीहरू पूरा भएका छन्’, अन्तरिक्ष निकायका अधिकारी लिन सिकियाङले भने । सेन्झोउ- १४ चार चालक दल मिसनमध्ये तेस्रो हुनेछ र कुल ११ मिसनमध्ये सातौं । सन् २०२१ मा तिआनहीको प्रक्षेपणपछि चीनले आफ्नो थ्री मोड्युल अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया