Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो । ‘भैरहवा–कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ,’ जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने । काठमाडौं–कुवेतको भन्दा भैरहवा-कुवेतको हवाई भाडा निकै सस्तो छ ।

भैरहवा-कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए । ‘यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरू बढी रहेका छन् । अहिलेसम्म भैरहवा–कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रु उडेका छन्,’ म्यानेजर रंगनाथले भने, ‘हामीले जुन अपेक्षा गरेका थियौँ, त्यसको कैयौँ बढी राम्रो रहेकोले निकै उत्साहित छौँ ।’

नेपालका तराईका जिल्लाका हवाई यात्रुलाई खर्च र समयको हिसाबले पनि काठमाडौं भन्दा भैरहवाबाट उडान भर्न सस्तो र सजिलो रहेको उनको दाबी छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आकर्षित गर्न विमान ल्याण्डिङ, पार्किङ लगायतका शुल्कमा नेपाल सरकारले छुट दिएको छ ।

जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमान सोमबार, बुधबार र शुक्रबार नियमित रूपमा भैरहवाका लागि उडान सञ्चालन गर्दै आएको छ । जजिराले एक पटक विमानस्थल प्रयोग गरेबापत विमानस्थललाई बुझाउनुपर्ने २ लाख २५ हजार रुपैयाँ शुल्क छुट पाएको हो ।

एयरवेजको उडानमा चासो
भैरहवामा देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीले चासो देखाएका छन् ।

विमानस्थलका प्रवक्ता साहका अनुसार श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयर, र चिनियाँ एयरलाइन्सहरूले उडानका लागि चासो दिएका छन् । त्यसमध्ये छिट्टै एयर अरेबियाले उडान भर्ने बताइएको छ । उडानपूर्व गर्नुपर्ने केही चरणको तयारी एयर अरेवियाले गरेकाले चाँडै नै उडान सुरू हुने म्यानेजर रंगनाथको भनाई छ ।

श्रम इकाई नहुँदा समस्या
विमानस्थलमा श्रम इकाई छैन । अन्तर्राष्ट्रिय उडान भइसक्दा पनि श्रम इकाई नहुँदा म्यानपावर मार्फत जाने श्रमिकलाई असहज भएको हुने गरेको छ ।  भैरहवामा श्रम कार्यालयले इकाई राख्ने तयारी भने भएको छ । श्रम गन्तव्य मुलुकमा आउजाउ गर्ने नेपालीका लागि शाखा सञ्चालनमा ल्याइने बताइएको छ ।

दुई साताअघि मात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा कार्यालय र विमानस्थलभित्रै इकाई सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।  असार १ गतेबाट श्रम कार्यालय सञ्चालनमा आउने बताइएको छ । वैदेशिक रोजगारका लागि आउजाउ गर्नेहरूले श्रम स्वीकृति र आवश्यक कागजात बनाउन उक्त शाखाबाट सहज हुनेछ ।

हाल अनलाइनमार्फत श्रम स्वीकृति दिँदै आएको वैदेशिक रोजगार विभागले म्यानपावर मार्फत जाने कामदारलाई काठमाडौं आउन नपर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।  हाल बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने काम भइरहे पनि म्यानपावर मार्फत जाने कामदारका लागि अब सहज हुनेछ ।

तपाईको प्रतिक्रिया