Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  साताको पहिलो कारोबारको दिन(सोमबार) शेयर बजार भारी अंकले घटेको छ । शेयर लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट नआएको हुनाले लगानीकर्ताहरूको मनोबल घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १५.८२ अंक घटेर २२२३.७८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४५.०९ अंकले घटेर २१७८.६९ को बिन्दुमा पुगेको छ ।  नेप्से २.०३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८४ अंकले घटेर ४२५.२३ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ ।

त्यसैगरी, सोमबार कारोबार रकममा नेपाल टेलिकमले अग्रता कायम गरेको छ । टेलिकमको ४ करोड ९६ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज बलेफी हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय २४ रूपैयाँ ४० पैसा पुगेको छ ।

यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले घटेर ३ सय ६७ रूपैयाँ ७० पैसामा झरेको छ ।

तपाईको प्रतिक्रिया