शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ ।

विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ । चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ ।

तपाईको प्रतिक्रिया