शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेकपा एमाले पार्टीको प्रतिक चिन्ह अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ ।

साल्पासिलिछो गाउँपालिका सम्पर्क मञ्चका उपाध्यक्ष ओङ्छु शेर्पाले २०७९ बैशाख २९ गते (१२ मे २०२२) का दिन सगरमाथाको सफल आरोहण गर्दै पार्टीको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएको मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाले जानकारी दिए ।

२०७८ चैत्र १९ गते आयोजित मञ्चको प्रदेश तथा गाउँ र नगरस्तरीय सम्मेलनमा प्रमुख अतिथी संविधानसभा सदस्य एवं पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले आरोही शेर्पालाई पार्टी झण्डा हस्तान्तरण गरेका थिए । नेकपा एमाले प्रदेश-१ का प्रदेश कमिटी सदस्य राजकुमार दंगाल, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष रोशन बस्नेतलगायत अतिथीहरुले आरोही शेर्पालाई सफलताको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया