Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – रुपन्देहीमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थल सञ्चालनमा ल्याएका हुन् । यो सँगै नेपालमा ७२ वर्षपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि निजगढमा निर्माण गरिने भनिएको विमानस्थललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गरिने भनिएको थियो । तर, उक्त विमानस्थलको निर्माण कागजमै सीमित भएपछि गौतम बुद्ध विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न सफल भएको हो । नेपालको राजधानी काठमाडौँमा रहेको त्रिभुवन विमानस्थलले हवाई यातायात र यात्रुको चाप धान्न नसकेपछि वर्षौंदेखि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग हुँदै आएको थियो ।

गौतमबुद्ध विमानस्थल सञ्चालमा आएसँगै अन्तर्राष्ट्रिय उडानका लागि त्रिभुवन विमानस्थलले खेप्दै आएको अत्यधीक चाप कम हुने विश्वास गरिएको छ । विमानस्थलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थलमा उडान भर्न वायु सेवा कम्पनीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल सञ्चालनमा आएसँगै यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले हवाई सेवा कम्पनीलाई उक्त विमानस्थलमा सेवा दिएपछि विशेष छुट समेत दिने बताए । एसियाली विकास बैंक ऋण सहयोगमा यो विमानस्थलदको निर्माण नर्थ वेस्ट सिभिल कम्पनीले गरेको हो । विमानस्थलको उद्घाटन जजिरा एयरको जहाज अवतरण गरेर गरिएको छ ।

तपाईको प्रतिक्रिया