काठमाडाैं – सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङको सुन्धारास्थित सिटिसी मल लिलामी हुने भएको छ । तामाङको सिटिसी मल लिलामी गर्न सञ्चय कोषले सूचना जारी गरेको हो ।
सिटिसी मल सिभिल स्टेट्स प्रालिका नाममा रहेको छ । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि बोलपत्र आह्वान हो ।
तामाङले सिभिल स्टेट्स प्रालि नाममा मल धितो राखी कोषबाट ऋण लिएका थिए । बोलपत्र आह्वानका लागि कोषले ३५ दिने सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका-११ सुन्धारस्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गामा निर्माण भएको ८२०९५ वर्गफिट बराबरका १ सय ३२ वटा पसल छन् ।