Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

फ्र्याङ्कफर्ट – जर्मनीको कार बिक्री दरमा अप्रिलमा थप आर्थिक मन्दीको सामना गर्नु परेको बुधबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । यूक्रेनमाथि रुसले गरेको आक्रमणका कारण जर्मनीको कार बजारले पनि व्यापक क्षतिको सामना गर्नुपरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघीय यातायात प्राधिकरण (केबीए) ले भनेको छ, “जर्मनीमा बार्षिक रूपमा नयाँ कारका लागि परेको आवेदन २१.५ प्रतिशतले घटेर सङ्ख्या एक लाख ८० हजारभन्दा कममा झरेको छ । यो मार्चको तुलनामा यो १७.५ प्रतिशतको गिरावट हो ।

भीडीए अटो उद्योग संघका अनुसार उत्पादन पनि अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ मा दौडान सवारी उत्पादकहरूले लगातार आपूर्तिसम्बन्धी समस्यासँग संघर्ष गरेका कारण उत्पादनमा ह्रास र बिक्रीमा कमी आएको देखिएको भीडीए अटो उद्योग संघको तथ्याङ्कले देखाएको छ ।

गत महिना भिडीएले सन् २०२२ को लागि आफ्नो कार उत्पादन प्रक्षेपण कम गरेको थियो । यसैबीच, स्थानीय कार बजारको हिस्सा १०.४ प्रतिशतबाट बढेर १२.३ प्रतिशत भए तापनि गत बर्षको तुलनामा ब्याट्रीद्वारा संचालित गाडीहरूको संख्या ६.९ प्रतिशतले घटेको छ । एएफपी

तपाईको प्रतिक्रिया