Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – सन् २०२२ अप्रिलमा ५८ हजार ३८४ पर्यटक नेपाल भित्रिएका छन् ।

विदेशी पर्यटकको यो सङ्ख्या कोरोना महामारीयताकै सबभन्दा धेरै हो ।

अध्यागमन विभागका अनुसार सन् २०२१ अप्रिलमा २२ हजार ४५० पर्यटक नेपाल आएका थिए ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा सन् २०२२ अप्रिलमा भित्रिएका विदेशी पर्यटकको सङ्ख्या १५९ प्रतिशतले बढी हो ।
अप्रिलमा सबैभन्दा बढी भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

त्यस्तै अमेरिकाबाट छ हजार ९५४, बेलायतबाट पाँच हजार २५२, अस्ट्रेलियाबाट दुई हजार ७२६, जर्मनीबाट दुई हजार ९७, फ्रान्सबाट एक हजार ९२२ र क्यानडाबाट एक हजार २८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

विभागका अनुसार अप्रिलमा बङ्गलादेशबाट एक हजार ५३७, पाकिस्तानबाट २०४, भुटानबाट ८६, श्रीलङ्काबाट २४४, चीनबाट २८१, जापानबाट ३२०, मलेसियाबाट ४२०, सिङ्गापुरबाट १४८, दक्षिण कोरियाबाट ३८५, ताइपेइबाट २३, म्यानमारबाट ४८, थाइल्यान्डबाट ५०५, अस्ट्रियाबाट २९१, बेल्जियमबाट ५२०, चेक रिपब्लिक ३८२, डेनमार्कबाट ३६१, इजरायलबाट ९२६, इटालीबाट ४७०, नेदरल्यान्डबाट ७८६, नर्वेबाट १५२, पोल्यान्डबाट ५२१, रुसबाट ९५३, स्विजरल्यान्डबाट ४९८, स्पेनबाट ८९१, स्विडेनबाट २६८, न्युजिल्यान्डबाट ५८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया