Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारी गरेको छ। इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएपछि निगमले पनि बढाउने तयारी गरेको हो। इन्डियन आयल निगमले पठाएको नयाँ मूल्य सूचीमा भाउ बढेर आएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्।

नयाँ मूल्य सूची अनुसार, पेट्रोल प्रति लिटर १८३.०२ रुपैयाँ, डिजेल प्रति लिटर १८३.१३ लिटर, मट्टीतेल प्रति लिटर १४०.१९ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १४३.३६ रुपैयाँ, बाह्यतर्फ १२३.७८ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर दुई हजार ६५०.१८ रुपैयाँ खरीद मूल्य परेको छ।

यसअघि पेट्रोल प्रति लिटर १७८.१६ रुपैयाँ, डिजेल १७३.०५ रुपैयाँ, मट्टीतेल १३६.२४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १३९.२४ रुपैयाँ, बाह्यतर्फ ११९.६४ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर दुई हजार ५५१.४५ रुपैयाँमा खरीद हुँदै आएको थियो। नयाँ सूची अनुसार निगमलाई आगामी १५ दिनमा पाँच अर्ब १९ करोड घाटा हुने सहप्रवक्ता कार्कीले जनाएका छन्। जसले गर्दा आगामी एक महीनामा भारतीय आयल निगमलाई तिर्न करीब १० अर्ब नपुग्ने निगमले जनाएको छ।

अहिले पेट्रोल प्रति लिटर १६० रुपैयाँ, डिजेल १४३ रुपैयाँ, मट्टीतेल १४३ रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १५६ रुपैयाँ र बाह्यतर्फ १.५४ डलरमा बिक्री भइरहेको छ। त्यस्तै, एलपी ग्यासको प्रति सिलिन्डर एक हजार ६ सय रुपैयाँ बिक्री मूल्य रहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया