Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – आईफोन १४ सार्वजनिक हुने मिति अझै बाँकी छ । यद्यपि फोनका विभिन्न विवरण बाहिरिने क्रम भने जारी छ । फोर्ब्सले हालै एक समाचार प्रकाशन गर्दै आईफोन १४ सिरिजका फोनहरूको सम्भावित मूल्य सार्वजनिक गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एप्पलले यो पटक आईफोन १४ सिरिजमा कम मूल्यको रेन्जमा ६.१ इन्चको आईफोन १४ र ६.७ इन्चको आईफोन १४ म्याक्स सार्वजनिक गर्दैछ । महँगो रेन्जमा ६.१ इन्चको आईफोन १४ प्रो र ६.७ इन्चको आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्दैछ ।

प्रोसेसरमा भने आईफोन १४ र १४ म्याक्समा ए१५ बायोनिक चिप नै प्रयोग हुने बताइएको छ, जसले गर्दा यो दुईवटा फोन तुलनात्मक रुपमा सस्तो हुने बताइएको छ । यसको अर्थ हो, प्रो भर्सन नभएर पनि ६.७ इन्चको आईफोन १४ म्याक्स सस्तो रेन्जमा सार्वजनिक हुनेछ ।

अर्कोतिर यो फोन आईफोन १३ मिनिलाई प्रतिस्थापन गर्न ल्याइएको फोन हो । यसको अर्थ आईफोन १४ म्याक्सको मूल्य ८९९ डलर (१ लाख १० हजार रुपैयाँ) पर्ने अनुमान गरिएको छ । योसँगै आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको मूल्य क्रमश: १,०९९ डलर (एक लाख ३५ हजार रुपैयाँ) र १,१९९ डलर (एक लाख ४६ हजार रुपैयाँ) हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया