Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम, बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसारी गरिरहेको दृश्यले कुनै मेला महोत्सवकै भान दिइहेको थियो । सायद पहिलोपटक हुनुपर्छ यति धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो। नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ठ व्यक्ति एवं चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए।

काठमाडौँ विमानस्थलबाट साँझ ५ः१२ बजे मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५ः५५ बजे अवतरण भएको थियो। काठमाडौँबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको हो।

भैरहवाको ३८ डिग्री तापक्रमको पर्बाह नगरी काठमाडौँबाट ओर्लिएको भीडले विमानस्थलको माहोल थप उल्लासमय बनायो। स्थानीयको उपस्थिति, सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो। वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडगडाहत ताली बजे। जहाज अवतरण भएपछि पानीका फोहोराले स्वागत गरियो। विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीडसमेत देखियो।

सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन। वाइड बडी जहाजको चालकदलका सदस्यको नेतृत्व गरेका वरिष्ठ क्याप्टेन श्रवण रिजालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजको पहिलो अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताए। यसले गर्दा नेपालको लुम्बिनीलाई त संसारभर चिनाउँछ नै र साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ। “यसले इन्धन बचतमा समेत सहयोग पुग्ने। हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यसले राज्यको बचत पनि गराउँछ।”

‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएको छ। “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ कुनैमा समस्या छैन”, क्याप्टेन रिजालले भने। विमानस्थलको धावनमार्ग काठमाडौँबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो। दुवैतर्फबाट जहाज सहजरूपमै अवतरण गर्न सकिने क्याप्टेन रिजालको भनाइ छ।

काठमाडौँबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो। अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताए। अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेशबिन्दु सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन्।

वाइड बडी जहाजको भैरहवा अवतरण सामान्य थिएन। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो जहाजले उडान भरेको क्षण नयाँ परिघटना नै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्त्वपूर्ण उपलब्धी भएको बताए। उनले भने, “नेपालको भूमिमध्ये काठमाडौँबाहेक अन्य भूमिमा पहिलोपटक वाइड बडी जहाज अवतरण गर्दैछ। नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोसेढुङ्गा भएको छ। अहिलेसम्म ठूला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए।”

विमानस्थलमा करिब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौँबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत राति १०ः३० बजे काठमाडौँ फर्किएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए।

अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आइसकेको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। जजीरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले अवरोध भएको थियो। पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभीड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु. ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ। हालसम्म विमानस्थलको मुआब्जासहित रु. ३१ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइनेछ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । -रासस

तपाईको प्रतिक्रिया