सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – सामाजिक संजाल ट्वीटर कम्पनीलाई ४४ अर्ब डलर क्यासमा खरिद गर्ने सम्झौता गरेका एलन मस्कले आफ्नो निर्णय फिर्ता गरे, एक अर्ब डलरको भारी जरिवाना तिर्नुपर्ने हुन्छ ।

यति मात्र नभएर यो सम्झौता अक्टोबर २४ सम्म आधिकारिक रुपमा पक्का नभएमा स्वतः रद्द हुने पनि बताइएको छ । यसका लागि थप ६ महिनाको म्याद थप्न सकिन्छ तर त्यसमा विभिन्न शर्त लागू हुनेछन् ।

टेस्ला कम्पनीका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति हुन् । तर ट्वीटर कम्पनीलाई उनले निजीमा परिणत गर्दै खरिद गर्ने बताएदेखि सबैतिर व्यापक बहस चलिरहेको छ ।

ट्वीटरलाई लिएर उनका आगामी योजनाहरु विवादास्पद मानिएकाले पनि सामाजिक संजालभरि कोही मस्कको पक्षमा छन् भने कसैले चाहिँ उनको विरोध गर्दै ट्वीटर प्लेटफर्म नै छाड्ने घोषणा गरिरहेका छन् । मस्कले स्वतन्त्र बोलीको अधिकारलाई पूर्ण लागू गराउनु आफ्नो प्रमुख लक्ष्य भएको बताइरहेका छन् । तर अर्कोतर्फ यसले ट्वीटरमा गलत सूचनाको प्रवाह बढाउने गुनासो गरिएको छ ।

तपाईको प्रतिक्रिया