सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – केही महिनादेखि नेपालमा पनि चर्चामा रहेको ई-सिम चाँडै नै नेपाल टेलिकमले प्रचलनमा ल्याउने भएको छ । विश्वका केही देशमा ईसिमको प्रयोग सुरु भइसकेको छ । विभिन्न मोबाइल उत्पादक कम्पनीले ई-सिम पनि सपोर्ट गर्ने डिभाइस बजारमा निरन्तर ल्याइरहेका छन् । एप्पल त ई-सिमलाई नै लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारीमा छ ।

त्यस्तै सार्वजनिक हुन लागेको एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ । यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ ।

यसरी मोबाइल उत्पादकसँगै अपरेटिङ सिस्टम र टेलिकम सेवा प्रदायकले ईसिम सुविधा दिन थालेका छन् । हालै नेपालमा पहिलो पटक ईसिम सेवा उपलब्ध गराउन नेपाल टेलिकमले मोन्टी युके ग्लोबलबीच सम्झौता गरेको छ । मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

तपाईको प्रतिक्रिया