Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभागका अनुसार सो अवधिमा कुल ५ लाख ९ हजार ५ सय ९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । कोरोना महामारीका कारण अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रूपमा घटेको थियो, जसले नेपाल भित्रिने रेमिट्यान्समा समेत असर गरेको छ ।

२०७८ मा लिएका श्रम स्वीकृति
२०७८ मा प्रत्येक महिना औसतमा ४२ हजार ४ सय ६६ जनाभन्दा बढीले विभागबाट श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार ०७८ शुरु भएपछि वैशाखमा २४ हजार ३ सय ६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६ सय ५८, साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६ सय ७१, कात्तिकमा ५४ हजार ९ सय १८, मंसिरमा ७४ हजार ३ सय ५४, पुसमा ६६ हजार ६ सय २५, माघमा ५४ हजार ४ सय ७०, फागुनमा ५३ हजार ४ सय ५७ र चैतमा ५५ हजार ५ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो । कोरोना महामारी शुरु भएको वर्ष ०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४ सय ३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगारीमा जान ४ लाख ७६ हजार ७ सय ५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष ०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६ सय ९८ मा झरेको थियो ।

तपाईको प्रतिक्रिया