Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन् । सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका ३०३ जनाले अनुमति पाएका छन् ।

विभागका अनुसार यसवर्ष लोत्से हिमाल आरोहणको लागि ११२ जना, आमादब्लम हिमाल आरोहणको लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणको लागि ६८ जना, अन्नपूर्ण फस्ट हिमाल आरोहणको लागि २६ जना, हिमलुङ्ग हिमाल आरोहणको लागि ३५ जना, धौलागिरी हिमाल आरोहणकोृ लागि २७ जना, मकालु हिमाल आरोहणको लागि ३९ जना र नुप्त्से हिमाल आरोहणको लागि ५७ जनाले अनुमति पाएका छन् ।

यसवर्ष १३२ जना अमेरिकी, १०५ जना बेलायती, ६३ जना बेलायती, ३४ जना क्यानेडेली, ५५ जना फ्रेन्च, २५ जना जर्मन, २९ जना अष्ट्रेलियाली, २५ जना स्पेनीस लगायतले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

हिमाल आरोहणको लागि अनुमति दिंदा हालसम्म ४५ करोड ६९ हजार ९२१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहणको लागि अनुमति दिंदा मात्र ३७ करोड ८० लाख ६७ हजार २५० रुपैयाँ राजस्व उठेको छ ।

तपाईको प्रतिक्रिया