Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – आईफोन ११ देखि एप्पलले आफ्नो नयाँ स्मार्टफोनको बक्समा चार्जर राख्न छोडेको छ । त्यसो त एप्पलको यस किसिमको निर्णयलाई लिएर अनेकौँ आलोचना समेत भए, तर एप्पल पछि फर्किने पक्षमा छैन ।

बरु कम्पनीले आईफोनको बक्सबाट चार्जर हटाउँदा वातावरण संरक्षणलाई सघाउ पुगेको दाबी गर्दै आएको छ । यस अतिरिक्त कम्पनीले आईफोनसँगै चार्जर नदिँदा पाँच लाख ५० हजार टन धातु बचत भएको समेत दाबी प्रस्तुत गरेको छ ।

वातावरण संरक्षण सम्बन्धी आफ्नो ट्रान्सक्रिप्टमा पुनः जोड दिँदै एप्पलले भनेको छ, ‘अब चार्जर समावेश हुने छैन, यो परिवर्तन वास्तवमै ‘बोल्ड’ छ । अनुमान गरिए अनुसार हामीले पाँच लाख ५० हजार तामा, टिन र  जस्ता धातु जोगाएका छौँ ।

पृथ्वीको स्रोत साधनको न्यूनतम दोहन गर्ने कुराको छुट्टै अर्थ छ ।’ एप्पलको दाबीमा पृथ्वीको प्राकृतिक संसाधन जोगाएको कुरा मात्र छैन, आफ्नो नयाँ नीतिले आईफोन प्रोडक्टको बक्स बेर्न प्रयोग हुने प्लास्टिक फिल्म समेत पूर्ण रुपमा हटाइएको समेत उल्लेख गरेको छ ।

त्यस हिसाबले यसमा प्रयोग हुने ६०० टन प्लास्टिकको प्रयोग समेत कम भएको छ । प्रयोगकर्ताका लागि एप्पलको यस किसिमको व्याख्याको कुनै अर्थ छैन । विभिन्न अनलाइन माध्यमहरूमा इन्टरनेट प्रयोगकर्ताहरूले एप्पलको यस किसिमको चलाख प्रवृत्तिको खोइरो खनेका छन् ।

एक जना प्रयोगकर्ताले भनेका छन् , ‘के तपाईँले अब चार्जर किन्नु पर्दैन ? एप्पलको यो कदम आईफोनमा चार्जर नै चाहिँदैन भन्ने किसिमको भयो ।’ अर्का एक जनाले भनेका छन्, ‘त्यसो हो भने तपाईँ एप्पल नै नबनाउनुहोस्, त्यो झन् वातावरणमैत्री नहोला त ?’ एप्पलले आईफोनसँगै चार्जर नराख्ने निर्णय लिनु पछिको वास्तविक कारण त बाह्य विश्वलाई थाहा छैन ।

तर एउटा कुरा निश्चित के छ भने निःशुल्क रुपमा चार्जर दिने कार्य बन्द गर्नु एप्पलको व्यवसायका लागि राम्रो कुरा हो । बक्सबाट चार्जर र एयरपड हटाउँदा एप्पलले समग्रमा ६.५ अर्ब अमेरिकी डलर जोगाएको छ । यी एक्सेसरिज हटाएपछि पनि एप्पलले आफ्ना स्मार्टफोनको मूल्य भने घटाएको छैन ।

तपाईको प्रतिक्रिया