Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – नेपाल वायुसेवा निगम ले आठ देशका १० गन्तव्यमा उडान विस्तार गरेको छ । साउदी अरेबियाको रियादमा उडान सुरु गरेसँगै निगमका अन्तर्राष्ट्रिय गन्तव्यको संख्या ९ पुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगमकी प्रवक्ता अर्चना खड्काकाअनुसार पछिल्लो पटक ९ वैशाखदेखि साउदीको रियादमा साताको दुईवटा उडान सुरु गरेको हो । निगमले अहिले भारतका तीनवटा सहर दिल्ली, मुम्बई र बैंग्लोरमा उडान गर्दै आइरहेको छ  भने कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ र जापानको नारितामा उडान गर्दै आइरहेको छ ।

यी गन्तव्यका उडानहरूमा निगमका जहाजका सिटहरू ८० प्रतिशतभन्दा बढी भरिभराउ हुने गरेको निगमको दाबी छ । नेपालीको प्रमुख श्रम गन्तव्यहरूमा नेवानिले उडानलाई प्राथमिकता दिइरहेको छ । कतार, मलेसिया, साउदी अरेबिया, भारत, दुबईलगायत मुलुक नेपालका प्रमुख श्रम गन्तव्य हुन् ।

अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी एयरबस-३२० र दुईवटा वाइडबडी एयरबस-३३० जहाज रहेका छन् । नेवानिको काठमाडौं-दिल्ली-काठमाडौं उडानमा यात्रु खचाखच हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया