Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान भर्ने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एयरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरूमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए । ‘जजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ । अन्य एयरलाइन्स पनि सम्पर्कमा छन्,’ उनले भने ।

गौतबुद्ध विमानस्थल बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा बिहीबारदेखि नै आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरू गरेको र आपत पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश नफर्काइ भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ। ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ ।

अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

तपाईको प्रतिक्रिया