Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – विदेशमा रहेका नेपालीले विदेशी मुद्रा नेपाल पठाएर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सहयोग पुर्‍याउन सक्ने जानकारहरू बताउँछन् ।

विदेशी विनिमय सञ्चितिमा आएको ह्रास नेपालमा तरलता अभाव देखिनुको एउटा कारक भएको उनीहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापा लगानीयोग्य पुँजी अभावले देशको अर्थतन्त्रमा थप चाप ल्याउन सक्ने आकलन गर्छन् ।

“अभावले मुलुकको अर्थतन्त्रलाई थप अप्ठ्यारोमा पार्न सक्छ । यस्तो बेलामा बिदेशिएका नेपालीहरूले यहाँको खातामा रकम जम्मा गरे विदेशी मुद्रा सञ्चितिमा परेको दबाव कम हुन सक्छ,” उनले भने ।

कसरी पठाउन सकिन्छ रकम  ?

विदेशमा कमाइ गरिरहेका नेपालीहरूले नेपाली खाता वा डलर खातामा रकम पठाएर विदेशी मुद्राको चापको स्थितिमा सुधार ल्याउन सक्ने थापा बताउँछन् ।

अहिले विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्सको रूपमा पठाएको नेपाली रकम बैंकमा रहे १२.०३ प्रतिशतसम्म ब्याज प्राप्त हुन्छ ।

नेपालमै रहेकाले जम्मा गर्दा ब्याजदर ११.०३ रहेको छ । यदि कसैले विदेशी मुद्रा नै बचत गर्छु भनेको अवस्थामा ब्याङ्कहरूले पाँच प्रतिशतसम्म ब्याज उपलब्ध गराएका छन् ।

यसरी जम्मा गरिने रकमले देशको तरलता अभावमा भरथेग गर्ने र रकम जम्मा गर्ने व्यक्ति स्वयंलाई पनि लाभ हुने थापा बताउँछन् ।

राष्ट्र ब्याङ्कका भूतपूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन्, “विदेशमा सोही रकम जम्मा गर्दा ब्याजदर एक वा आधा प्रतिशतमा सीमित छ । जापानजस्तो मुलुकमा त ब्याजदर नेगेटिभ छ । नेपालमा राख्दा आकर्षक ब्याज पाइन्छ ।”

“त्यसैले विदेशमा बसेकाले नेपालमा पैसा राखे उनीहरूको आम्दानी पनि बढ्छ र तरलताको अभाव कम गर्न पनि मद्दत पुग्छ ।”

नेपालमा रकम पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्नु पर्ने विषयमा दुवै पूर्व अधिकारीहरू एकमत छ ।

गैरआवासीय नेपालीको पाटो

गैरआवासीय नेपालीहरूले नेपालमा लगानी बढाउनुले पनि मुलुकको अर्थतन्त्रलाई आड दिने जानकारहरूको ठहर छ ।

राष्ट्र बैंकले समेत गैरआवासीय नेपाली वा विदेशी लगानीकर्तामार्फत लगानी भित्राएर विदेशी मुद्रा सञ्चितिमा आएको सङ्कुचन कम गर्न सक्ने जनाएको छ ।

“यस कदमले सङ्कटको समयमा विदेशी मुद्रा प्राप्त गर्न मद्दत त गर्छ नै । त्यसका अतिरिक्त विदेशी पुँजी र प्रविधि नेपाल भित्राउन सहयोग पुग्छ । देशभित्रै रोजगारका अवसरहरू पनि सिर्जना हुन सक्छन्,” थापाले बताए ।

कुनै बेला १४ देखि १५ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न सक्ने गरी उपलब्ध विदेशी विनिमयको सञ्चिति अहिले घटेको छ । हाल मुलुकसँग साढे छ महिनाको मात्र आयात धान्न सक्ने क्षमता रहेको सिवाकोटी बताउँछन् ।

त्यसलाई नियन्त्रण गर्नका निम्ति विभिन्न आयात र विदेशी मुद्रा खर्च गर्ने कुरामा पनि नियन्त्रण गरिएको उनको बुझाइ छ ।

विदेशमा रहेका नेपालीले पुर्‍याउन सक्ने अन्य योगदान

लामो समयदेखि विदेशमा रहेका नेपालीहरू स्वदेश भ्रमणमा आउनुले पनि टेवा पुग्ने बताइन्छ ।

उनीहरूले खर्चका लागि लिएर आउने विदेशी मुद्राले मद्दत गर्ने थापाको बुझाइ छ ।

“त्यस्तै विदेशमा बसेर नेपालको प्रचारप्रसार गर्न सकिन्छ। त्यस्ता प्रचारले पर्यटन र नेपालमा लगानीका लागि प्रेरित गर्न सक्छ। तत्काल नेपालमा सङ्कटको स्थिति नभए पनि चापको बेलामा सहयोग हुन सक्छ,” उनले भने ।

विश्वव्यापी रूपमै अर्थतन्त्रमा शिथिलता आएको बेलामा नेपाल त्यसबाट अछुतो नरहनुलाई विज्ञहरू स्वाभाविक ठान्छन् ।

झन् संसारभर मूल्य वृद्धि भएको बेला नेपाल जस्तो आयातकेन्द्रित देश बढी चापमा पर्ने सिवाकोटीको बुझाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया