Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – आज धेरैलाई बिटक्वाइनको बारेमा थाहा छ । संसारभरि सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीका रुपमा यसलाई चिनिन्छ । धेरैले बिटक्वाइनमा पैसा लगानी गरेर मनग्य आम्दानी पनि गरिरहेका छन् । बिटक्वाइन जटिल गणित समस्याहरूलाई मिलाएर बनाइएको एक विद्युतीय मुद्रा हो । यो क्यासको अनलाइन स्वरुप हो । यसलाई सजिलैसँग सामान किन्न र बेच्न प्रयोग गर्न सकिन्छ । तर अहिलेसम्म पनि धेरै देशहरुले यसलाई आधिकारिक मानेका छैनन्, जसमा एक नेपाल पनि हो ।

बिटक्वाइन के हो, यसले कसरी काम गर्छ भन्ने धेरैलाई थाहा छ । तर, के तपाईलाई थाहा छ कि यो कसरी पत्ता लागेको थियो वा कसले सुरु गर्यो ?

भर्चुअल मुद्रा बिटक्वाइनको सुरुवात कसले गर्‍यो, किन गर्‍यो र कहाँबाट गर्‍यो भन्ने विषयमा अहिले पनि उस्तै विवाद छ । जापानी नाम भएको व्यक्ति ‘सातोशी नाकामोतो’ ले बिटक्वाइन बनाएर प्रचलनमा ल्याए भन्ने कुरा रहेपनि आजसम्म ती व्यक्ति को हुन् र के साँच्चै जापानबाट नै हुन् त भन्ने विषयमा प्रश्न विद्यमान नै छ ।

सातोशी नाकामोतो को हुन् ?

सातोशी नाकामोत एक गुमनाम व्यक्ति हुन । जसको बारेमा कसैलाई थाहा छैन । सन २००८ मा सातोशी नाकामोतो नामक व्यक्तिले ९ पृष्ठको श्वेतपत्र सार्वजनिक गरे । जसले बिटक्वाइनको दर्शनको बारेमा कुरा गरेको थियो । बिटक्वाइन भनेको एउटा नगद प्रणाली हो जुन सरकारको पहुँच बाहिर रहेर काम गर्न सक्छ । केही महिना पछि सातोशीले एक सफ्टवेयर जारी गरे जसमार्फत प्रयोगकर्ताहरूले बिटक्वाइनहरू माइनिङ गर्न सके । यसैक्रममा नाकामोटो सन् २०११ मा रहस्यमय रूपमा बेपत्ता भएका थिए ।

बिटक्वाइनको आविष्कारकर्ता नाकामोतो सन् २०११ मा क्रिप्टोको सम्पूर्ण दुनियाँबाट रहस्यमय ढंगले बाहिरिए । उनले आफ्ना डेभलपर साथीलाई इमेल पठाएउँदै अब आफू अर्को कुनै परियोजनामा ​​काम गर्न लागेको बताएका थिए । नाकामोतोले छाड्नुअघि करिब ११ लाख बिटक्वाइन उत्खनन गरेको विश्वास गरिन्छ ।

एउटा प्रश्न जुन अझै पनि प्रश्न नै छ

यो अचम्मको छ कि द्रुत रूपमा उन्नत प्रविधि विकास गरिररहेको संसारमा, एक व्यक्तिले उत्कृष्ट डिजिटल मोडेलहरू सिर्जना गर्दछ । एउटा मोडल जुन रहस्यले भरिएको छ । यस्तो मोडल जसमा सरकारहरूले पनि नजर राख्न सक्दैनन् ।

त्यो भन्दा पनि अचम्मको कुरा, कसले बनायो थाहा छैन । बेलाबेलामा धेरैले सातोशी नाकामोतो भएको आशंका गरेका छन्, कतिपयले आफूलाई सातोशी नाकामोतो भएको दाबी गरेका छन् तर वास्तविकता यो हो कि आजसम्म सातोशी नाकामोतो को थिए, ती व्यक्ति कहाँ छन्, के गर्दै छन् उनी अहिले छन् वा छैनन् भन्ने थाहा हुन सकेको छैन । त्यतिमात्र होइन सातोशी नाकामोतो एउटा व्यक्तिको नाम हो वा संस्था अथवा कुनै समुहको भन्ने विषयमा पनि अझै केही निश्चित भइसेकेको छैन । अनुवाद गरिएको

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया