Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – गायक राजु लामाले लोबुचे हिमालको सफल आरोहण गरेका छन् । सोमबार इम्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उनले हिमाल चढेका हुन् । राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले सोसल मिडियामार्फत आरोहणको भिडियो पनि सेयर गरेका छन् ।

संसारकै अग्लो स्थानमा कन्सर्ट गरेर रेकर्ड राख्ने योजना राखेका राजुले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । साथै सगरमाथा आरोहणका लागि गायक लामाले गो फन्ड मीमार्फत रकम पनि संकलन गरिरहेका छन् । मंगलबार दिउँसोसम्ममा ५ हजार ६९६ अमेरिकी डलर संकलन भइसकेको छ ।

यस्तै, अभिनेत्री दीया पुन पनि सोमबार दिउँसो सगरमाथा आधारशिविरमा पुगेकी छन् । उनी जलवायु परिवर्तन र आफूले काम गरेको बेलायती स्वास्थ्य संस्थाको च्यारिटीका लागि हिमाल चढ्न लागेकी हुन् । दीयाले मंगलबार आधारशिविर क्षेत्रमा हाइकिङ गर्ने जनाएकी छन् ।

तपाईको प्रतिक्रिया