Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – अमेरिकी इन्टेलिजेन्स एजेन्सी एफबिआईका अनुसार एक अनलाइन गेमिङ कम्पनीको ५९० मिलियन डलरको क्रिप्टोकरेन्सी उत्तर कोरियाका ह्याकर्सले चोरेको खुलेको छ । मार्चमा एक्सी इन्फिनिटी नामको एक लोकप्रिय अनलाइन गेमिङ कम्पनीबाट क्रिप्टोकरेन्सी चोरी भएको थियो ।

क्रिप्टोको एजेन्सीमा भएको साइबर आक्रमणमध्ये यो सबैभन्दा ठूलो मानिन्छ । यस कम्पनीले आफ्ना ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी जम्मा गर्ने अवसर दिन्थ्यो ।

अमेरिकी अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा सबैभन्दा ठूलो ह्याकिङ गर्ने उत्तर कोरियाको लाजारस समूह थियो । यो समूहको परिचालन उत्तर कोरियाको गुप्तर निकायले गर्ने गरेको बताइन्छ । एफबिआईका अनुसार क्रिप्टोकरेन्सी चोरीका लागि लाजारस समूह र एपिटी ३८ को साइबर आक्रमणकारी जिम्मेवार छन् ।

लाजारस समूह सन् २०१४ मा सोनी पिक्चर्सको ह्याक गरेर गोप्य तथ्यांकहरु सार्वजनिक गरेपछि चर्चामा आएको थियो । यस समूहले सोनीबाट प्रशारण हुने फिल्म ‘द इन्टरभ्यू’ रिलिज नगर्न माग गरेको थियो ।

उक्त कमेडी फिल्ममा उत्तर कोरियाका शासक किम जोङ उनलाई मार्ने बारेमा बनाइएको थियो । उत्तर कोरियाको यो ह्याकिङ समूह सन् १९९० को मध्यतिर बनेको हो र यसमा करिब ६,००० मानिसलाई रोजगारी दिएको विश्वास गरिन्छ । याे बलियाे साइबर समूहका रूपमा अघि बढेकाे छ । विश्वभर यस समूहले बेलारूस, भारत, चीन, मलेसिया र रूसलगायतका देशमा रहेका १२१ ब्युराेबाट काम गर्ने अमेरिकी सेनाकाे रिपाेर्टमा उल्लेख छ ।

क्रिप्टोका विभिन्न ब्लकचेन जोड्ने रोनिन ब्रिजले ह्याकरहरूले मार्चमा ५९० मिलियन डलर चोरेको खुलासा गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया