आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टाेकियाे – म्यानमारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भारत र जापानले म्यानमारभरि हिंसा तत्काल बन्द गरी लोकतन्त्रको बाटोमा फर्किन आह्वान गरेका छन् । जापानका प्रधानमन्त्री किशिदा फुमियो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारमा आफ्नो अडान दोहोर्‍याएका छन्। शनिबार एक संयुक्त प्रेस विज्ञप्तिमा सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्नसमेत उनले आह्वान गरेका छन् ।

‘उनीहरूले म्यानमारमा समाधान खोज्‍न आसियानको प्रयासमा आफ्नो समर्थन पुनस् पुष्टि गरे र गतिरोध तोड्न आसियानको अध्यक्षको रूपमा कम्बोडियाको सक्रिय संलग्नतालाई स्वागत गर्दछौं । म्यानमारलाई आसियानको पाँच बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्न आह्वान गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

दुवै प्रधानमन्त्रीले देशमा जारी राजनीतिक गतिरोधलाई नागरिक प्रतिनिधि र सैनिक शासकबीच भत्काउन दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को प्रयासलाई समर्थन जनाएका छन्  ।

गत वर्ष आसियानको पाँच बुँदे सहमति भएको थियो र वार्ता, मानवीय सहायता र हिंसाको अन्त्यमा जोड दिइएको थियो । गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सैनिक विद्रोहपछि म्यानमारको सेनाले मुलुक नियन्त्रणमा लिएको थियो । सेनाले म्यानमारमा नियन्त्रण लिएर नागरिक विद्रोह भएको थियो । उक्त विद्रोहपछि सेनाले हस्तक्षेप गर्दा हजारौं सर्वसाधारणको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया