आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापान ‘नागोया’ले अधिवेशनको मिति तोकेको छ । नागोमामा भएको भेलाले अधिवेशनको मिति तोकेको हो ।

चौथो अधिवेशन आगामी मे २१ तारिख शनिबारका दिन आयोजना गर्ने निर्णय गरिएको छ । अधिवेशन सम्पन्न गर्न आयोजक समितिसमेत चयन गरिएको भएपनि अधिवेशनस्थल भने आगामी बैठकले तय गर्ने बताइएको छ । अधिवेशन सम्पन्न गर्न सुवास रुपाखेतीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा नरेश राई र सचिवमा कुमार अधिकारी रहेका छन् । विशाल क्षेत्री (अधिकारी), ईश्वर थापा, कमल खड्का, रविन सापकोटा, मदन भण्डारी, राजेन्द्र लम्साल, सरोज काफ्ले, मनोज खनाल,मदन खड्का समितिको सदस्यमा चयन भएका छन् । अन्य सदस्यहरूमा नरेश बम, सन्देश घले, सरोज कुस्वार, नवराज पौडेल, विशाल क्षेत्री, नवीन रिमाल, प्रत्युश भुजेल रहेका छन् ।हाल १९ सदस्यीय आयोजक कमिटी रहेको मञ्चको आगामी बैठकबाट थप ६ जनालाई मनोनित गरी २५ सदस्यीय आयोजक समिति रहने छ । भेलामा नेपाली प्रवासी मञ्च पूर्वी एशिया क्षेत्रीय महादेशीय कमिटीका अध्यक्ष डा. सरोज कँडेल, प्रवासी नेपाली मञ्च, जापानका राष्ट्रिय कमिटी सदस्यहरू कृष्णप्रसाद भुसाल, रामकुमार थापाले प्रवासी नेपाली मञ्चको औचित्य र वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए । ***

तपाईको प्रतिक्रिया