आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको टोकियोस्थित नेपाली राजदूतावासले यन्त्रवाचक राहदानी (एमआरपी)का लागि आवेदन नदिन आग्रह गरेको छ । एक सूचना जारी गर्दै दूतावासले विद्युतीय राहदानी (इ-पासपोर्ट) दिन थालिसकिएकोले एमआरपीका लागि आवेदन नदिन आग्रह गरेको हो ।

अब सोमबार (४ अप्रिल)देखि राजदूतावासबाट एमआरपीका लागि आवेदन पूर्ण रूपमा बन्द गरिने सूचनामा उल्लेख छ । ‘२०२२ फेब्रुअरी २५ देखि यस राजदूतावासबाट विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवा शुरु गरिएको ब्यहोरा विदित नै छ । अहिले पनि एमआरपी का लागि आवेदन आइरहेका छन्,’ सूचनामा अगाडि भनिएको छ, ‘यही २०२२ अप्रिल ४ बाट राजदूतावासबाट एमआरपीका लागि आवेदन पूर्ण रूपमा बन्द गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।’

तपाईको प्रतिक्रिया