आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनेगरी कानुनको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।

विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृह मन्त्रालयको छ । यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।

कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा वैधानिक बन्दै जानुको कारण यसको फाइदा वैज्ञानिक रूपले पुष्टि हुनु हो । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

यस्तो छ गाँजाको लाभ

  • सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।
  • यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।
  • यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।
  • पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।
  • चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ ।

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

तपाईको प्रतिक्रिया