सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् ।

आज सम्पर्क समन्वय कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले अब कांग्रेस वृद्ध वृद्धाका छेउमा समेत जान नसक्ने दाबी गरे । एमालेले ज्येष्ठ नागरिकलाई भत्ता बाँडेको भन्दै ६० वर्षमाथिकाहरुले कांग्रेसलाई भोटसमेत नहाल्ने जिकिर गरे ।

‘तपाईँ हामीले सुनेका छौँ, ६० वर्ष माथिका नागरिकलाई कम्युनिष्ट सरकार बन्यो भने गोली हानेर मार्छन् भन्थे । अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त । बुढो भएर पनि शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ’, उनले थपे, ‘नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम ज्येष्ठ नागरिक भत्ता पाए । लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुस् । अरूले नदेख्ने गरी ।’

ओलीले चुनावमा जाँदा कांग्रेस अघिल्लो सरकारको भण्डाफोर गरेर जाने नीति लिएको भन्दै ओलीले पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया