Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ को यूएईमा जारी त्रिदेशीय श्रृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यो हारसँगै नेपालको ट्वान्टी-२० विश्वकप यात्रा टुंगिएको थियो ।

जितसँगै यूएईले १६ खेलबाट २० अंक जोडेको छ । यूएई अंक तालिकाको दोस्रो स्थानमा छ । २८ खेलबाट ३६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । नेपालले १० खेलबाट १० अंक जोड्दै छैटौँ स्थानमा छ । नेपालभन्दा तल पीएनजीमात्र छ । पीएनजी अंकबिहीन छ । नेपालले बुधबार पीएनजीलाई दुई विकेटले हराएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेलले सबभन्दा ४६ रन बनाए । ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । रोहित र ज्ञानेन्द्रले चौथो विकेटका लागि गरेको ५५ रनको साझेदारी नै नेपालका ब्याट्सम्यानले गरेको सबैभन्दा ठूलो साझेदारी हो ।

यूएईका बासिल हमीदले ४ विकेट लिए । जुनैद सिद्धिकीले तीन विकेट लिए भने जहुर खान र रोहन मुस्तफाले एक एक विकेट लिए । यूएईका कप्तान अहमद राजाले टस जितेर ब्यटिङ गर्ने निणर्य गरेका थिए । नेपालका सोमपाल कामीले तीन तथा करण केसीले एक विकेट लिँदै यूएईका कप्तान अहमदको निणर्य गतल सावित गरिदिएका थिए । लगातार अग्रपंक्तिका चार शीर्ष ब्याट्सम्यानलाई गुमाएपछि यूएई दबाबमा परेको थियो । ओपनर चिराग सुरी ६, वृत्या अरविन्द ३, मुहम्मद वासीम २१ र आसिफ खान दुई रन बनाएर पवेलियन फर्किएका थिए ।

१०.३ ओभरमा आसिफ आउट हुँदा यूएई ३५/४ को अवस्थामा थियो । त्यसपछि रोहन मुस्तफा र चुन्दगापोयल रिजवानले घरेलु टोलीको इनिङ्स सम्हालेका थिए । दुई पाँचौँ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । दुई जनाको साझेदारी नेपालका कप्तान सन्दीप लामिछानेले तोडे ।

सन्दीपले चुन्दगापोयललाई विकेटकिपर आसिफ शेखमार्फत क्याच गरेका थिए । चुन्दगापोयलले ४० रन बनाए । त्यसपछि यूएईले लगातार अर्को दुई विकेट गुमायो । रोहन मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरिदिएका थिए भने बासिल हमीदलाई सागर ढकालले ज्ञानेन्द्र मल्लमार्फत क्याच गरे । पपुवा न्युगिनीविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सागरको यो पहिलो विकेट हो । पीएनजीविरुद्ध सागरले चार ओभरमा विना विकेट २१ रन खर्चिएका थिए ।

मुस्तफाले ४० रन जोड्दा हमीदले १४ रन बनाए । कशिफ दाउदले १८ रन बनाउँदा कप्ता राजाले १३ रन बनाए । जहुर खान शून्यमा आउट भए । दाउद र राजाले आठौँ विकेटका लागि २७ रनको साझेदारी गरे । नेपालका सोमपालले तीन विकेट विकेट लिए । उनले पीएनजीविरुद्ध पनि तीन विकेट लिएका थिए । करणले दुई विकेट लिए भने सन्दीप, सागर र दीपेन्द्रसिंहले एक एक विकेट लिए । पीएनजीविरुद्ध खेलेको टोलीमा नेपालले आज एक खेलाडी परिवर्तन गरेको थियो । विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरी टिममा परेका थिए ।

तपाईको प्रतिक्रिया