Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – वैशाख ३० गते स्थानीय निर्वाचनका लागि तय गरिएको मतदानको दिन। निर्वाचनका लागि अब ५६ दिन बाँकी छ। निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले बिहीवार आचारसंहिता जारी गर्‍यो। आयोगले जारी गरेको आचारसंहितामा सामाजिक सञ्जालको प्रयोगमासमेत कडाई गर्ने देखिन्छ।

आयोगको परिभाषा खण्डमा एसएमएस, फेसबुक, म्यासेन्जर, भाइबर, ट्वीटर, युटुय्ब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्क्ड्इन, टमलरजस्ता सामाजिक सञ्जाललाई सामाजिक सञ्जालको परिभाषामा पार्दै यसमा कडाइ गरेको छ।

आचारसंहिताको परिच्छेद १ को दफा ३ मा २४ वटा व्यक्ति, संस्था, निकाय तथा पदाधिकारीमाथि आचारसंहिता लागू हुने उल्लेख छ।

त्यस्तै परिच्छेद २ को दफा ४ मा भनिएको छ – सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुनेदेखि निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र  एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुने।

त्यस्तै सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने अपमान गर्ने द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुनेसमेत आचार संहितामा उल्लेख छ।

त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रशारण भएको सूचना वा सामाग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउनसमेत आयोगले आचारसंहिता मार्फत रोक लगाएको छ।

‘कसैको चरित्र हत्या हुने व्यक्तिग लाञ्छना लगाउने मानहानी हुने वा यस्तै प्रकृतिका समाग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामाग्री कुनै माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने,’ आचार संहितामा अगाडि भनिएको छ,’ उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणाम सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने।‘

त्यस्तै निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न प्रचारप्रसार गर्न कुनै विद्युतीय सामाग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रशारण गरेको सामाग्री शेयर गर्न नहुने आचार संहितामा उल्लेख छ।

तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामाग्री प्रकाशन वा पोस्ट गर्न यस खण्डले बाधा पुर्‍याएको मानिने छैन।

त्यस्तै, नेपाल सरकार प्रदेश सरकार मन्त्री, स्थानीय कार्यापालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीहरु, संवैधानिक निकाय तथा सोका पदाधिकारी नेपाल सरकार प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय अर्धसरकारी तथ सार्वजनिक संस्था सोमा कार्यरत कर्मचारीहरु, सुरक्षा निकाय सुरक्षाकर्मी तथा सुरक्षा सम्वद्ध कर्मचारीहरु, निर्वाचनको काममा संलग्न कर्मचारीहरु, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना विकास समिति तथा सोका कर्मचारीहरुलाई मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना प्रचारप्रसारका सामाग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिताले रोक लगाएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया