मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – अमेरिकाले मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्ति संरचनाभित्र रहेका थप व्यक्तिमाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ । नाकाबन्दीमा पर्नेमा वरिष्ठ रुसी सैनिक अधिकारीहरु र क्रेमलिनको गठबन्धन बेलारुसका नेता छन् ।

भ्रष्टाचार र मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएका दुईजना व्यक्ति अर्थात एक जना न्यायधिश र अर्का अनुसन्धानकर्ता माथि पनि नयाँ नाकाबन्दी लक्षित गरिएको छ ।

केही नयाँ नाकाबन्दी सन् २०१२ को अमेरिकाको कंग्रेसको मानव अधिकार हनन् गर्नेहरुविरुद्ध कारबाही गर्न बनाइएको म्यागन्त्स्किी कानुन अनुसार कार्यान्वयन गरिएका छन् ।

आधुनिक समयमा अमेरिकाले रुसका संघ संस्था लगायत व्यक्तिहरुमाथि अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाएको छ । युक्रेनमाथिको रुसको आक्रमण झण्डै तीनसाता हुन लागेको छ ।

पछिल्लो नाकाबन्दीले अमेरिकाले आगामी दिनमा पनि थप व्यक्तिहरुमाथि नाकाबन्दी लगाउने सक्ने संकेत दिएको छ । भ्रष्टाचार विरोधी अभियन्ता सर्गेइ म्यागिनित्स्कीको मुद्दा हेर्ने मस्कोस्थित न्यायाधीश नतालिया माुसिनिकोभा माथि पनि नाकावन्दी लगाइएको हो ।

सन् २००९ मा रुसी अधिकारीहरुबाट कर घोटाला गरेको भन्डाफोर गरेका म्यागिनित्स्कीको मुद्दा चलाइनु अघि नै हिरासतमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया