मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडाैं – युक्रेनको सेनाले रुसको चार वटा सैन्य हेलिकप्टर खसालेको दाबी गरेको छ । त्यस्तै एउटा क्रुज मिसाइल र लडाकु विमान पनि खसालेको युक्रेनले दाबी गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत युक्रेनको सेनाले उक्त जानकारी दिएको हो । रुसले आक्रमण शुरु गरेको १९ औं दिनमा थप स्थानलाई आफ्नो कब्जामा लिन नसकेको युक्रेनको सेनाले बताएको हो ।

रुसले सेनाले युक्रेनको भूमिमा कब्जा जमाएको स्थानमा नियन्त्रण कायम राख्ने प्रयास गरेको थियो । युक्रेनको सेनाले मारिउपोल स्थित दक्षिणी क्षेत्रमा रहेको बन्दरगाहलाई रुसी सेनाबाट बचाउन सफल भएको बताएको छ । त्यस्तै पछिल्लो समय रुसी सेनाको मनोबल निकै कमजोर बनेको युक्रेनको दाबी छ ।

तपाईको प्रतिक्रिया