सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – भारतका पाँच राज्यमा यो साता भएको विधानसभा चुनावमा आफ्नो मताधिकारको प्रयोग गर्ने करिब आठ लाख मतदाताले ‘नोटा’ अर्थाता ‘माथि उल्लेख गरिएका मध्य कोही पनि होइन’ (None of The Above)  भन्ने विकल्पमा भोट हालेका छन् । भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार ती करिब आठ लाख मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हालेका हुन ।

मणिपुरका कुल मतदाता मध्ये १०,३४९ (०.६ प्रतिशत) ने नोटा विकल्पको प्रयोग गरे । यसैगरी गोवामा १०,६२९ मतदाता (१.१ प्रतिशत) सबै उम्मेदवारलाई अयोग्य भने । भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार राजनीतिक रूपले अत्यन्त महत्वपूर्ण मानिने र चार सय तीन विधानसभा सिट भएको उत्तर प्रदेशका ६ लाख २१ हजार १ सय ८६ मतदाताले (०.७ प्रतिशत) ले इलोक्ट्रोनिक भोटिङ मेसिनमा ‘नोटा’ भन्ने विकल्पको बटन थिचे ।

यसैगरी उत्तराखण्डमा ‘नोटा’ को बटन थिच्नेको संख्या ४६,८३० (०.९ प्रतिशत) छ भने पन्जाबमा १,१०,३०८ मतदाता (०.९ प्रतिशत) ले नोटाको विकल्प रोजे । यी पाँच राज्यमा कुल ७,९९,३०२ मतदाताले ‘तिमीहरू कोही पनि योग्य छैनौ’ भनेर भोट हाल्दै आफ्नो संविधानिक अधिकारको प्रयोग गरेका छन् ।

भारतमा सन् २०१३ देखि इलोक्ट्रोनिक भोटिङ मेसिनमा ‘नोटा’ विकल्प राखिएको हो । भारतको सर्वोच्च अदालतले सेप्टेम्बर २०१३ मा नै एउटा आदेश दिँदै इलोक्ट्रोनिक भोटिङ मेसिनमा अन्तिम विकल्पका रूपमा नोटा बटन राख्न लगाएको हो । सर्वोच्च अदालतले कुनै पनि उम्मेदवारलाई भोट दिन इच्छुक नरहेकाहरूको मतको सम्मानका लागि यस्तो व्यवस्था गर्न भनेको थियो । स्राेतः INS न्युज

तपाईको प्रतिक्रिया