सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – रुसले विदेशीलाई पनि युक्रेनसँगको युद्धमा विदेशीलाई पनि सेनामा खटाउने भएको छ। शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सुरक्षा परिषद्को बैठकमा बोल्दै युक्रेनसँगको युद्धमा लड्न चाहने विदेशीलाई पनि अनुमति दिइने बताएका हुन्।

रुसका रक्षामन्त्री सर्गेई शोइगुले मध्यपूर्वका १६ हजार स्वयंसेवक रुसको पक्षबाट युद्धमा लड्न तयार रहेको बताएका छन्। अमेरिकी अधिकारीहरुले भने यसमा सिरियाको युद्धको अनुभव भोगेका मानिसहरु पनि रहेको हुन सक्ने बताएका छन्।
रुसको सिरियासँग निकट सम्बन्ध रहँदै आएको छ। रुसले सिरियाको गृहयुद्धमा राष्ट्रपति बसर अल असदको सरकारको समर्थन गर्दै आएको छ। शुक्रबार पुटिनले मानिसहरु डोनाबासका मानिसको लागि यो युद्धमा होमिन चाहन्छन् भने उनीहरुलाई अनुमति दिन निर्देशन दिएका हुन्।

यस विषयमा बोल्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको अर्थ अब सिरिया विदेशी भूमिमा युद्धको लागि आउन लागेको रुपमा बुझ्नुपर्ने उल्लेख गरेका छन्। युक्रेनले पनि यसअघि नै विदेशीलाई रुसको आक्रमणको प्रतिकारको लागि सेनामा अनुमति दिने निर्णय गरेको थियो।

सोहीअनुसार बेलायतका वर्तमान  पूर्व सैन्य अधिकारीले पनि युक्रेन सरकारको समर्थनमा युद्ध लडिरहेका छन्।

तपाईको प्रतिक्रिया