बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टाेकियाे – जापानले युरोपतर्फ गर्दै आएको अधिकांश उडान रद्द गरेको छ । जापान एयरलाइन्स र आना कार्गोले जापान-युरोप तर्फ गर्दै आएको नियमित यात्रु र कार्गो उडान रुस-युक्रेनबीच भइरहेको युद्धका कारण बन्द गरेको हो ।

जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सले युरोपमा गर्दै आएको दैनिक आठवटा उडान रद्द गरेको छ । सिंगावामा रहेको यो वायुसेवा कम्पनीले हानेडा-पेरिस, हेलिन्सिकी, लण्डन लगायत गन्तव्यको उडान बन्द गरेको जनाएको छ ।

जापानको आना, निपोन एयरवेज लगायत वायुसेवा कम्पनीले पनि कार्गो र नियमित उडान बन्द गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया