Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ ।

रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को महँगा मोडेल उत्पादन गर्नेछ भने एप्पलको अर्का आपूर्तिकर्ता लक्सशेयरले आईफोन १४ कै सस्तो मोडेल उत्पादन गर्नेछ । आईफोन १४ र र १४ प्रो आईफोन ४ र ५ को पुरानो डिजाइन झल्कने गरी डिजाइन गरिएको बताइएको छ । आईफोन १४ प्रो म्याक्समा भने अन्य मोबाइल फोनमा जस्तो क्यामेराको भाग माथि उठेको हुने छैन ।

त्यस्तै गरी आईफोन १४ का सबै मोडेलमा नच नहुने चर्चा पनि छ । आईफोन १४ सिरिजका चार वटा फोनहरू हुनेछन्, जसमा दुईवटा ६.१ इन्च डिस्प्ले सहितको हुनेछ भने अर्को दुईवटा ६.७ इन्च डिस्प्ले सहितको हुनेछ ।

यो सिरिजका एप्पलले मिनि भर्सन भने नराख्ने बताइसकेको छ । यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा उपलब्ध हुने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया