सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानमा आइबार ७१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ७१ हजार ४ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

शनिबारको तुलनामा आज सङ्क्रमितको सङ्ख्या घटेको छ । शनिबार ८१ हजार ६ सय २१ जनामा सङ्क्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित १५८ मृत्यु भएको छ ।

राजधानी टोकियोमा आज १२ हजार ९ सय ३५ नयाँ कोरोनाभाइरसका सङ्क्रमित थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा ५ सय ८१ ले कम हो । टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या ८७ पुगेको छ ।

तपाईको प्रतिक्रिया